भीर मौरीको मह झिक्न जादा एक जनाको ज्यान गयो



रसुवा, मंसिर १७— रसुवाको नौकुण्ड गाउँपालिका–२, ईब्रामा भीर मौरीको मह झिक्ने क्रममा एक जनाको मृत्यु भएको छ।

६५ वर्षीय नोम्वा नाङमेल नेकोरको बुधबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो।

लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्रअन्तर्गत पर्ने बान्द्रो इलाकामा भिर मौरीको मह संकलन गर्न गएका नेकोर एक्कासि चिप्लिएर भीरबाट खसेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्