लुम्बिनीसँग विराटनगर ५ विकेटले पराजित



काठमाडौं,मंसिर १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा लुम्बिनी लायन्स विजयी भएको छ।

विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै लुम्बिनी विजयी भएको हो ।

विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १२ बल बाँकी छँदा नै भेट्टाएको हो ।

लुम्बिनीको जितमा ड्रार्शी शर्टले अर्धशतकीय पारी खेले । शर्टले ३८ बलमा ५१ रन जोडेका थिए ।

यो जितसँगै लुम्बिनीको प्ले अफतर्फको यात्रा कायम छ।।

प्रतिक्रिया दिनुहोस्