नुवाकोटको एक माध्यमिक विद्यालयमा आगलागी, प्रशासनिक कागजात जलेर नष्ट
नुवाकोट,मंसिर १८ । नुवाकोटको बेलकोटगढी–१३ ढाडेफेदीस्थित सुर्यमती माध्यमिक विद्यालयमा आगलागी भएको छ। करिब १ बजेतिर सुरु भएको आगलागीबाट विद्यालयको प्रशासनिक कक्षमा रहेका अधिकांश कागजात जलेर नष्ट भएका छन्।
स्थानीयका अनुसार रातिको समयमा आगो लागेको थाहा पाएपछि नियन्त्रणमा लिन प्रयास गरे पनि कागजात तथा अन्य सामान जोगाउन नसकिएको बताइएको छ। आगलागी कसरी भयो भन्नेबारे यकिन कारण खुल्न बाँकी रहेको र यसको छानबिन गर्न स्थानीयवासीले माग गरेका छन्।
विद्यालय प्रशासनले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। घटना सम्बन्धी थप तथ्यांक र कारण प्रहरीले अनुसन्धान गरिरहेको छ।

