शैक्षिक भ्रमणमा आएकी युवतीको होटलको तलामाथिबाट खसेर मृत्यु
चितवन,मंसिर १८ । पूर्वी चितवनको रत्ननगर–६, सौराहास्थित होटल पार्क साइडको चार तलामाथिबाट खसेर शैक्षिक भ्रमणमा आएकी एक युवतीको मृत्यु भएको छ ।
बुधवार राति ११ः१० बजेको समयमा सिन्धुलीबाट शैक्षिक भ्रमणमा आएकी सिन्धुलीको कमलामाई नगरपालिका वडा नं–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन होटलको चार तलामाथिबाट लडर गम्भीर घाइते भएकी थिइन् ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार, घाइते युवतीलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पताल लगिएकोमा राति ११ः४५ बजे मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

