विद्युत् प्राधिकरणले थप ३५ मेगावाट विद्युत् भारत निर्यात गर्ने अनुमति



काठमाडाैं,मंसिर १८ । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ थप ३५ मेगावाट विद्युत् निर्यात गर्न अनुमति पाएकाे छ।

भारतको केन्द्रिय विद्युत प्राधिकरणले मंसिर १६ गते सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्ने गरी दिएको हो।

यससँगै भारततर्फ निर्यात हुँदै आएको कुल विद्युत् मात्रा १२०० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

यसअघि प्राधिकरणले २ वटा जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ। हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय छलफलमा थप २० मेगावाट निर्यात गर्ने समझदारी समेत बनेको छ, जसले नेपालका ऊर्जाबाट आय वृद्धिमा थप योगदान गर्ने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार जलविद्युत् उत्पादन वृद्धि र अविकसित बजारमैत्री संयन्त्र विस्तारसँगै नेपालले छिमेकी मुलुकहरूसँग विद्युत् व्यापारलाई दीर्घकालीन रूपमा विस्तार गर्दै जाने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्