बालकोट घटनापछि ‘ओली कुटी’ निर्माण सुरु, राधिकाबाट शिलान्यास



भक्तपुर,मंसिर १९ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नयाँ घर ‘ओली कुटी’ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बालकोटस्थित ओली निवासमा गरिएको आगजनीपछि नेताहरुले वैकल्पिक रूपमा नयाँ कुटी निर्माण गर्ने घोषणा गरेका थिए ।

एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरकै गुण्डु क्षेत्रमा ‘ओली कुटी’ निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार भएको शिलान्यास राधिकामाता (ओलीकी धर्मपत्नी) द्वारा सम्पन्न गरिएको बस्नेतले जानकारी दिनुभयो ।

‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ,’ बस्नेतले भन्नुभयो, ‘अब निर्माण कार्य तीव्र गतिमा अघि बढाइनेछ ।’

आन्दोलनका कारण क्षति पुगेको निवासलाई लक्षित गर्दै एमाले नेताहरुले टिकाउ, सुरक्षित र सांकेतिक संरचना स्वरूप कुटी निर्माणको घोषणा गरेका थिए । नयाँ कुटी कति समयमा तयार हुन्छ भन्ने खुलाइएको छैन, तर बस्नेतका अनुसार द्रुत गतिमा निर्माण प्रक्रिया लैजाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्