लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै



काठमाडौं,मंसिर १९ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

६ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दवाव छ ।

लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन ।

जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

प्रतिक्रिया दिनुहोस्