आज बालुवाटारमा सर्वपक्षीय बैठक
काठमाडौं,मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेताहरू, निर्वाचन आयोगका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी रहनेछन्। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई आजको छलफलका लागि निमन्त्रणा गरिएको छ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा चुनावका तयारी र समन्वयबारे बैठकमा केन्द्रित छलफल हुने बताइएको छ।

