नुवाकोटमा दुई सय जना एचआइभि संक्रमित
नुवाकोट,मंसिर १९ । एचआइभी/एड्सलाई न्युनीकरणका लागि रोकथामका उपायहरुलाई प्रभावकारी रुपमा सचेतना प्रदान गर्न आवस्यक रहेको नुवाकोटमा आयोजित कार्यक्रममा जोड दिइएको छ । काठमाडौंसंग जोडिएको पहाडि संरचना रहेको नुवाकोटमा पनि एचआइभी संक्रमित रहेका तथ्यांकले देखाएको छ ।
नुवाकोटमा हालसम्म एकसय ९५ जना एचआईभी÷एड्स संक्रमित औपचारिक रूपमा पहिचान भई नियमित औषधि सेवन गर्दै आएका छन् । उनीहरुलाई नियमित उपचार सेवा तथा परामर्शसमेत दिइरहेको त्रिशूली अस्पतालले जनाएको छ ।
एचआईभी÷एड्स संक्रमित न्युनीकरणका लागि सरोकारवाला पक्ष क्रियाशील भई जनचेतना र यसको नियन्त्रणको उपाय प्रभावकारी वनाइनु पर्नेमा जोड दिइएको छ । यसैवीच, त्रिशूली अस्पतालले अवरोधहरू पार गरौं र एड्स प्रतिकार्य रूपान्तरण गरौं भन्ने नाराका साथ ३८ औँ विश्व एड्स दिवस मनाएको छ ।
अस्पताल परिसरमा द्विप प्रज्वलनसहित अन्र्तक्रिया गरेर उक्त दिवस मनाएको हो । विश्व एड्स दिवसको अवसरमा त्रिशूली अस्पतालमा एचआईभी÷एड्स न्यूनीकरण तथा सचेतनामूलक पहलहरूका सम्वन्धमा छलफल गरिएको हो ।
अस्तालका निमित्त प्रमुख डा. राजेन्द्र लामासहित अस्पतालका चिकित्सक तथा कर्मचारी एवं सर्वसाधारणको सहभागिता रहेको थियो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले नुवाकोटमा एचआईभी÷एड्सको वर्तमान अवस्था, रोकथामका उपायहरू, नियमित सेवा उपलब्धता तथा आगामी रणनीतिबारे आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले नुवाकोटमा एचआईभी÷एड्स नियन्त्रणका लागि अस्पतालले सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राखेको बताउनु भयो ।

