मुख्यमन्त्री शाहद्वारा पाँच वटा सडक दुई वटा पुल निर्माणको आयोजना सुरुवात
कैलाली,मंसिर १९ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले पाँच वटा सडक निर्माण कार्यको शुभारम्भ तथा दुई वटा पुल निर्माणको शिलान्यास गर्नुभएको छ। मुख्यमन्त्री शाहले लम्किचुहा-१ र मोहन्याल-७ मा पर्ने लम्की खानेपानी देखि राज काँडासम्म सडक कालोपत्रे, लम्किचुहा रिङ रोड (अमौरा-थापापुर-चौरि-चाकावाडी हुँदै सेती लोक मार्ग), लम्किचुहा, जानकी र टीकापुर न.पा. जोड्ने डुँडेझारी-टीकापुर सडक स्तरोन्नति, महेन्द्र राजमार्ग-इन्टेक हाइड्रो-कटासे-खैरिफाँटा-जगतपुर हुँदै टीकापुर जोड्ने रणनीतिक मार्ग (केशर मार्ग), मोहन्याल गा.पा.-०७ को चिसापानी-सोल्टा सडक स्तरोन्नति आयोजना सूचना पाटी अनावरण, रिबन काटी निर्माण कार्यको प्रारम्भ तथा मोहन्याल गा.पा.– ७ मा पर्ने साँघुरे खोला, बादे खोलामा निर्माण गरिने पुलको शिलान्यास गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले सडक तथा पुल निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ मा बजेट विनियोजित गरेको थियो । लम्की खानेपानी देखि राज काँडासम्म सडक कालोपत्रेको लागत अनुमान रकम ६ करोड ६० लाख ९५ हजार ९ सय १४ रुपैयाँ रहेको छ, भने आयोजनाको सम्झौता रकम ४ करोड ५६ लाख ९३ हजार ४ सय ४० रुपैयाँ ६० पैसा रहेको छ ।२०८२/०३/१७ गते सम्झौता मिति रहेको आयोजना २०८३/९/२५ (१ वर्ष ६ महिना ९ दिन) सम्पन्न गर्नुपर्ने छ । २.६ कि.मि. सडकको लम्बाई रहेको सडक निर्माणको जिम्मा एस.सी. एस.एन.एस. एच.बि. जे भी, सुर्खेतले लिएको छ ।
लम्किचुहा रिङ रोड (जानकी गा.पा. को सिमाना अमोरा, थापापुर, चौरी, चाकाबाडी हुँदै सेती लोक मार्ग सम्म) को लागत अनुमान रकम ५ करोड ७९ लाख ६४ हजार २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ भने आयोजनाको सम्झौता रकम ४ करोड ३९ लाख ६४ हजार ५ सय ३० रुपैयाँ रहेको छ । २०८२/०३/१७ गते सम्झौता मिति रहेको आयोजना २०८३/०३/२५ मा आयोजना सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायी तुलसी / नीराजन जे भी टीकापुर न. पा.-१, कैलालीले जिम्मा लिएको सडकको लम्बाई : २.७ कि. मी. रहेको छ ।
यस्तै डुंडेझारी टीकापुर सडक स्तरोन्नतिको लागत अनुमान रकम ९ करोड ०८ लाख १८ हजार ५ सय ०५ रुपैयाँ रहेको छ भने यो आयोजनाको सम्झौता रकम ६ करोड ०९ लाख २० हजार ८ सय ७७ रुपैयाँ ३५ पैसा रहेको छ । २०८२-०३-२५ मा सम्झौता भएको आयोजनाको सम्पन्न मिति २०८३-०९-२४ (१ बर्ष ६ महिना) रहेको छ । के. एन. एस./अघि / श्रीपुर जे.भी. काठमाण्डौंले निर्माण जिम्मा पाएको सडकको लम्बाई ३.५ कि.मि. रहेको छ । केशर मार्ग महेन्द्र राजमार्ग इन्टेक हाइड्रो, कटासे खैरिफाँटा जगतपुर टीकापुर जोड्ने जोडने रणनीतिक मार्ग) को लागत अनुमान रकम ८ करोड २६ लाख ६२ हजार ३४ रुपैयाँ ३२ पैसा रहेकोमा सम्झौता रकम ५ करोड ६२ लाख ६६ हजार ४ सय ७८ रुपैयाँ ७५ पैसा रहेको छ ।
सम्झौता मिति २०८२/०३/१७ गते रहेको आयोजना २०८३/९/२५ (१ वर्ष ६ महिना ९ दिन) मा सम्पन्न गर्नुपर्ने छ । एस.सी. एस.एन.एस. एच.बि. जे भी, सुर्खेत निर्माण कम्पनी रहेको सडकको लम्बाई २.७ कि.मि. रहेको छ । चिसापानी-सोल्टा सडक स्तरोन्नति लागत अनुमान रकम ९ करोड ९९ लाख १२ हजार ३ सय २३ रुपैयाँ ५६ पैसा रहेकोमा सम्झौता रकम ६ करोड ६ लाख ९९ हजार ८ सय ९५ रुपैयाँ ४८ पैसा रहेको छ । २०८२-०३-१७ मा सम्झौता मिति रहेको आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८३-०५-१६ (१ वर्ष ६ महिना) रहेको छ । निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रा. ली. भरतपुर – १०, चितवनले जिम्मा पाएको सडकको लम्बाई २.४ कि. मि. रहेको छ ।

