नेपाली कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल



काठमाडौं,मंसिर १९ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज महत्वपूर्ण भेटवार्ता भएको छ।

दुवै शीर्ष नेताबीच समसामयिक राजनीतिक अवस्था र पार्टी–पार्टीबीचको सम्बन्धका विषयमा विस्तृत कुराकानी भएको देउवा सचिवालयले जनाएको छ।

भेटवार्तामा सभापति देउवासँग उनकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा सहभागी थिइन् भने अध्यक्ष ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य उपस्थित थिइन्।

उच्चस्तरीय नेताहरूको यो भेटलाई आगामी राजनीतिक समिकरण तथा सम्भावित सहकार्यसँग पनि जोडेर हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्