नुवाकोट मगर संघको अध्यक्षमा रामकुमार थापामगर
नुवाकोट, मंसिर २१ । नेपाल मगर संघ नुवाकोटको आठौँ अधिवेशन बट्टार बजारमा सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। रामकुमार थापामगर सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्।
अधिवेशनबाट उपाध्यक्षमा जीवन आलेमगर र भीमसेन थापामगर, महिला उपाध्यक्षमा मौसमी मगर, सचिवमा सागर थापामगर, सहसचिवमा जीतेन्द्र पुलामीमगर, विश्वराज जर्घामगर र रजनी थापामगर तथा कोषाध्यक्षमा कुलबहादुर थापामगर चयन भएका छन्। त्यस्तै, सदस्यमा मीना मगर, वेनिजिर रानामगर, तुलसीमाया रानामगर, सुनीला थापामगर, सुमन आलेमगर र विकास पुलामीमगर मनोनित भएका छन्।
अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधिमा विकास पुलामीमगर, रोजिना सिंजालीमगर र भीमसेन थापामगरलाई चयन गरेको छ। त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बच्चुमाया सुनारीमगर, जीवन आलेमगर, पार्वती थापामगर र प्रेमबहादुर थापामगर चयन भएका छन्।
नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष रक्षा रैकामगरले अधिवेशनको उद्घाटन गरेकी थिइन्। जिल्ला समन्वय समिति नुवाकोटकी अध्यक्ष बच्चुमाया सुनारीमगरको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मगर संघका विभिन्न महासचिव तथा प्रदेश नेतृत्वले संगठनका हक–हित, पहिचान र अधिकारका मुद्दामा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

