गायक तथा कुशल प्रशासक अशोक विष्टको नयाँ गीत ‘मिठो मिठो बोली’ सार्वजनिक



नुवाकोट,मंसिर २१— गायक तथा कलाकार साथै कुशल प्रशासक अशोक विष्ट र गायिका अस्मिता न्यौपानेको स्वरमा तयार भएको ‘मिठो मिठो बोली’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

लिखु गाउँपालिकामा शनिबार आयोजित एक विशेष समारोहका क्रममा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले भिडियोको औपचारिक सार्वजनिक गर्नुभएको हो।

अशोक विष्टकै लेखनीमा तयार भएको उक्त गीतमा अस्मिता न्यौपाने र अशोक विष्टको युगल स्वर रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ साउण्ड डिजाइनले गरेको हो। संगीत संयोजन सरोज प्याकुरेल र एरेञ्जर मनोहर सोनामको रहेको छ ।

म्युजिक भिडियोमा कोरियोग्राफी नृत्य निर्देशक कमला छुन्धाराले सम्हालिएको छ। कार्यक्रमका उपस्थित स्थानीय प्रतिनिधि र दर्शकहरूले गीत र भिडियो दुबैलाई आकर्षक तथा मन छुने भएको प्रतिक्रिया दिएका छन्।

भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्