शिवपुरीमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन



नुवाकोट,मंसिर २१ । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। सभाले आगामी कार्यकालका लागि हरि प्रसाद सिटौलाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतरूपमा निर्वाचित गरेको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा हरि डंगोल, सचिवमा दिपक सिटौला र कोषाध्यक्षमा सुवासराज पाण्डे जिम्मेवारी पाएका छन्।

त्यसैगरी सदस्यहरूमा नवराज थापा, रामकृष्ण पाठक, मैयाँदेवी थपलिया, प्रबोध खकुरेल र उत्तम थपलिया चयन भएका छन्।

साधारण सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, आगामी वर्षका योजना तथा सहकारी क्षेत्रको सुदृढिकरणका विषयमा छलफल गरिएको थियो। नयाँ नेतृत्वले सहकारीलाई थप पारदर्शी, सक्षम र सदस्यमुखी बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्