जनकपुरलाइ ३ रनले हराउँदै कर्णालीद्वारा दोस्रो जित दर्ता



काठमाडौं,मंसिर २१ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज जनकपुरलाइ ३ रनले हराउँदै कर्णालीले दोस्रो जित दर्ता गरेको छ । दुवै टोली प्रतियोगिताबाट भने बाहिरसकेका छन् ।

यसअघि कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई जितका लागि १३० रनको लक्ष्य दिएको थियो ।​ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो ।

कर्णालीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३३, गुल्सन झाले १९, कप्तान सोमपालले १८ रन बनाए । यस्तै, ​प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाए ।

प्रतियोगितामा दुवै टोलीले समान छ खेलबाट एक÷एक खेलमा मात्रै जित निकालेका छन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्