नुवाकोटको शिवपुरी–५ शेराबगरमा अवैध सुन कारोबार, एक पक्राउ



नुवाकोट,मंसिर २१ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–५ शेराबगरस्थित कुण्डलादेवी सुनचाँदी पसलमा अवैध सुनको कारोबार भइरहेको सूचनाका आधारमा केन्द्रिय अनुसन्धान ब्युरो (CIB) बाट खटिएको टोलीले छापा मारेको छ।

छापामारीका क्रममा गैरकानुनी रूपमा सुन कारोबार भइरहेको फेला परेको प्रहरीले जनाएको छ।

उक्त पसलका सञ्चालक रमेश सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं लगिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पसलमार्फत कानुनी प्रक्रिया बिना सुन किनबेच भइरहेको आशंका प्रहरीले गरेको छ।

घटनाबारे विस्तृत छानबिन गर्न केन्द्रिय अनुसन्धान ब्युरो(CIB) ले प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्