नुवाकोट दुप्चेश्वरमा धान्यपूर्णिमा मेला : भेटी गणनामा १२ लाख ८८ हजार बढी संकलन



नुवाकोट, मंसिर २१ । दुप्चेश्वर क्षेत्र विकास कोषले धान्यपूर्णिमा मेलाका क्रममा मन्दिरमा संकलित भेटी रकम गणना गरेको छ। मंसिर १३ गतेबाट सुरु भएर २० गतेसम्म चलेको मेलामा भक्तजनहरूले चढाएको भेटी गणना गर्दा कुल रु १२ लाख ८८ हजार १ सय ८० रकम संकलन भएको कोषले जानकारी दिएको छ।

धान्यपूर्णिमा पर्वको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा दैनिक रूपमा भक्तजनको घुइँचो लागेको थियो। श्रद्धालुहरूले मनौती र पूजा–अर्चनासँगै भेटी चढाएका थिए।

कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार विगतका वर्षहरू भन्दा यस वर्ष भेटी संकलन उल्लेख्य रूपमा बढेको छ। प्राप्त रकम मन्दिर क्षेत्रको संरक्षण, व्यवस्थापन र आगामी वर्षका धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा खर्च हुने कोषले जनाएको छ।

धार्मिक आस्थाको केन्द्र मानिने दुप्चेश्वरमा प्रत्येक वर्ष धान्यपूर्णिमा मेलामा स्थानीयसहित अन्य जिल्लाबाट समेत ठूलो संख्यामा भक्तजन आउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्