नुवाकोट लिखुको कालिकादेवी विद्यालयमा शैक्षिक सामग्री वितरण



नुवाकोट, मंसिर २२ । नुवाकोटको लिखु गाउँपालिका–स्थित कालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

कदर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई स्टेशनरी सहयोग गरेको हो।

आइतबार आयोजित कार्यक्रममा विद्यालयका ६२ जना विद्यार्थीलाई कापी, कलम तथा अन्य स्टेसनरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाले विद्यार्थीलाई सामग्री वितरणसँगै सहयोगी पक्षलाई धन्यवाद तथा प्रशंसा पत्रद्वारा सम्मान गरेको थियो।

स्थानीय स्तरमा सहकारी संस्थाको यस प्रकारको सहयोगले विद्यार्थीको सिकाइ वातावरण सुधारमा योगदान पुग्ने विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्