शिवपुरीको कुम्भेश्वर माध्यमिक विद्यालयमा चार अभिभावक प्रतिनिधि सर्वसम्मत चयन



नुवाकोट, मंसिर २२। शिवपुरी गाँउपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रूपमा चार जना अभिभावक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका सदस्यका रूपमा चयन गरेको छ।

भेलाले सरोज तामाङ, सागर गुणी, चरीमाया तामाङ र सानु डंगोललाई आगामी कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिमा चयन गरेको विद्यालयका प्रधानाध्यापक माधब ठकुरीले बताए । सोही सदस्यहरूले व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने प्रावधान रहेको छ।

अभिभावक भेलामा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, वडा नं. ७ का वडा अध्यक्ष वीरबहादुर तामाङ तथा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत धुर्व न्यौपाने विशेष उपस्थितिमा सहभागी थिए।

कार्यक्रममा अभिभावक तथा अतिथिहरूले विद्यालयको शैक्षिक स्तर उकास्न समुदाय–विद्यालय सहकार्य अत्यावश्यक रहेकोमा जोड दिएका थिए। नवनिर्वाचित सदस्यहरूलाई विद्यालयले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्