हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित



मकवानपुर,मंसिर २२ । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी हेटौँडा बजार एवम् सामरी, चौकीटोल, रातोमाटे र राप्तीरोड सडकमा आजदेखि दोस्रो चरणको सडक विस्तार कार्यलाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको उत्प्रेषण आदेशको पालना गर्दै थप सडक विस्तार गर्ने कार्यलाई आजदेखि स्थगित गरिएको बताउनुभयो ।

यसअघि सडक विभागले शनिबार त्रिभुवन राजपथको सामरी, चौकीटोल हुँदै रातोमाटे हेटौँडा बजारका साथै राप्तीरोडतर्फका ५३१ घरटहरा स्काभेटर प्रयोग गरी भत्काउन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्