सरकार र दुर्गा प्रसाईं नेतृत्व अभियानबीच वार्ता



काठमाडौं,मंसिर २२ । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानसँगको संवादलाई निरन्तरता दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा जारी बार्तामा अभियानले यसअघि राखेको २७ बुँदे मागकाका सम्बन्धमा बुँदागत रुपमा छलफल भइरहेको बताइएको छ ।

विशेषगरी वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा छलफल भइरहेको अभियानका नेताले जानकारी दिएका छन् ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री शुशिला कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका सचिवालयका पदाधिकारीहरुको उपस्थिति रहेको छ । त्यसै गरी अभियानका तर्फबाट संयोजक दुर्गा प्रसाईंले नै नेतृत्व गर्नु भएको छ ।

प्रसाईंको अभियानले आफ्नो मागपत्रमा  नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरू समावेश छन् ।

मुख्य राजनीतिक दलहरुले शान्तिपूर्ण र भय राहित निर्वाचनको बातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरिरहेका बेला सरकारले अभियानसँगको बार्तालाइ निरन्तरता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्