पञ्चकन्या गाउँपालिकाद्वारा सडक सरसफाइ कार्यको अनुगमन



नुवाकोट, मंसिर २२। पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार सडक सरसफाइका कार्यहरू अनुगमन गरेको छ।

गाउँपालिकाको वडा नं. ५ भद्रुटार तथा वडा नं. ३ घलेगाउँमा विनियोजित बजेटबाट सञ्चालनमा रहेका विभिन्न सडक सरसफाइ तथा सफाइ व्यवस्थापनका कार्यको सोमबार निरीक्षण गरिएको हो।

अनुगमन तथा निरीक्षणमा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसीसहित सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

टोलीले दुवै वडामा भइरहेको सरसफाइ कार्यको प्रगतिबारे जानकारी लिँदै आवश्यक सुझावहरू पनि प्रदान गरेको गाउँपालिकाले जनाएको छ।

स्थानिय स्तरमा सरसफाइ, स्वस्थ वातावरण र सडक उपयोगकर्ताको सुरक्षालाई लक्षित गरी सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन गरिने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्