स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय



काठमाडौं,मंसिर २२ । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्