नुवाकोटको ककनीमा फोहोरमैला बीच बेवारिसे पेस्तोल फेला
नुवाकोट, मंसिर २२ । जिल्लाको ककनी गाउँपालिका–२ बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा बेवारिसे अवस्थामा एक थान ठूलो चाइनिज पेस्तोल फेला परेको छ। फोहोर व्यवस्थापन क्षेत्रमा पेस्तोल देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
सोमबार बिहान झण्डै ८ बजे फोहोरमैला छर्ने क्रममा पेस्तोल भेटिएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट पेस्तोल बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएको पेस्तोल कसले, कहिलेदेखि उक्त स्थानमा राखेको हो भन्ने बारेमा प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ। पेस्तोलको बारेमा छानबिन समेत भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

