दुप्चेश्वर धाममा सोमबार मात्रै १ लाख ७६ हजार ७६० रुपैयाँ भेटी संकलन



नुवाकोट, मंसिर २३ – जिल्लाको प्रसिद्ध दुप्चेश्वर धाममा सोमबार चढेको भेटी रकम गणना सम्पन्न भएको छ । गणनाको क्रममा कुल रु १,७६,७६० संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको छ। सो राशि मध्ये डिजिटल (QR) मार्फत रु ६,२०० र सन्ध्या आरतिबाट रु ७२,९५० प्राप्त भएको कोषले जनाएको छ।

दैनिक रुपमा भइरहने भेटी गणना काम व्यवस्थित रूपमा अघि बढिरहेको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए। उनका अनुसार समय मिलेकाहरूले हरेक दिन साँझ ५ बजे भेटी गणना स्थलमा गएर स्वयंसेवकका रूपमा सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

दुप्चेश्वर धाममा पछिल्ला वर्षहरूमा भक्तजनहरूको चहलपहल बढेसँगै भेटी संकलन दर पनि उल्लेख्य रूपमा वृद्धि हुँदै आएको छ। धार्मिक आस्था, मनोकामना पूर्ति र सांस्कृतिक परम्पराको केन्द्रका रूपमा रहेको दुप्चेश्वरमा दैनिक रुपमा ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्