मंगलबार प्रतिताेला १००० रूपैयाँ घट्याे सुनकाे भाउ, चाँदी बढ्याे



काठमाडाैं,मंसिर २३ । मंगलबार पुनः नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यता आज चाँदीकाे मूल्य भने ताेलामा १५ रूपैयाँ बढेकाे छ । आजको बजार चाँदी तीन हजार ५ सय ६०० रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्