विदुर–गंगटे–आंपघारी सडक स्तरोन्नतिको अवलोकन



नुवाकोट,मंसिर २४ । विदुर नगरपालिका–५, ४ र ६ क्षेत्रलाई जोड्ने गंगटे–आंपघारी चौतारा सडक खण्डमा भइरहेको अस्फाल्ट पिचसहितको सडक स्तरोन्नतिको प्रगतिलाई स्थानीय नेतृत्वले स्थलगत अवलोकन गरेका छन्।

नगरप्रमुख राजन श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष निलम ढुङ्गेल र वडा नं. ६ का अध्यक्ष श्यामकृष्ण चालिसेसहितको टोलीले मंगलबार सडक निर्माणको कार्यप्रगति निरीक्षण गर्दै काम गुणस्तरीय रूपमा अघि बढ़ाउन निर्माण पक्षलाई निर्देशन दिएको हो।

सडक स्तरोन्नति सम्पन्न भएपछि उक्त क्षेत्रका बासिन्दालाई सहज आवागमन, आपतकालीन सेवा पहुँच, कृषि तथा व्यावसायिक ढुवानीमा वृद्धि हुने अपेक्षा गरिएको छ। नगरपालिका नेतृत्वले स्तरोन्नतिको कार्य निर्धारित समयमै सक्न जरुरी स्रोत, समन्वय र निगरानी निरन्तर जारी रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्