हामी विजयी नभए पनि एमाले भएर रहिरहन्छौ- पोखरेल



काठमाडौं,मंसिर २४ । नेकपा एमाले आशन्न अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएका पार्टी बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू नहुँने बताउनु भएको छ ।

राजाधानीमा आज आयोजित साक्षत्कार कार्यक्रममा नेता पोखरेलले आफुहरु परिणामलाई स्वीकार्ने गरी प्रतिस्पर्धामा उत्रिएको बताउनु भएको हो ।

‘जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार सक्नुपर्छ । भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौ ।’ पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्