गोरखामा प्रधानाध्यापकलाई हेलिकोप्टरमार्फत भावुक बिदाइ



गोरखा,मंसिर २५ । उत्तरी गोरखाको धार्चे–२ रुन्चेतमा मंगलबार असाधारण दृश्य देखियो। गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई करिब ४० वर्षको सेवापछि विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र स्थानीय अभिभावकले हेलिकोप्टरमार्फत सम्मानसहित बिदाइ गरे।

आजीवन शिक्षणमार्फत गाउँ उज्यालो बनाएका उपरकोटीप्रति कृतज्ञता जनाउँदै समुदायले रुन्चेतदेखि काठमाडौं र त्यहाँबाट भरतपुरसम्म सुरक्षित पु¥याउने सम्पूर्ण व्यवस्था गरेको थियो। ‘गुरु भुइँका मान्छेलाई उड्न सिकाउने व्यक्ति हुन्, आज हामी नै गुरुलाई उडाएर सम्मान गर्दैछौं,’ एक स्थानीय अभिभावकको भावुक अभिव्यक्ति थियो।

विद्यालयभर फैलिएको आत्मीयता, स्मृति र सम्मानका बीच हेलिकोप्टर उड्दा गाउँ पनि उत्तिकै भावुक बनेको अनुभव गरियो।

प्रतिक्रिया दिनुहोस्