नुवाकोटको तादी गाउँपालिकामा सूचना प्रविधि क्षमता विकास तालिम सुरु
नुवाकोट, मंसिर २५ । तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुईदिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम आजदेखि सुरु भएको छ।
उद्घाटन समारोह तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, वरिष्ठ विद्यालय निरीक्षक सन्तोष खनाल, विज्ञ सहजकर्ता नारायण खत्री, शिक्षक सहजकर्ता दिपकप्रसाद सिटौला लगायतको उपस्थिति रहेको थियो।
तालिममा तादी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ। मंसिर २५ देखि २६ गतेसम्म चल्ने तालिममा शिक्षकहरूको सूचना प्रविधि र डिजिटल सिप अभिवृद्धिमा केन्द्रित विविध सत्र समावेश गरिएको आयोजकले जनाएको छ।तालिमले विद्यालयस्तरमा डिजिटल शिक्षण–सिकाइ प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
तालिमले विद्यालयस्तरमा डिजिटल शिक्षण–सिकाइ प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

