नुवाकोटको दुप्चेश्वरमा प्रसूति अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापन सुरु



नुवाकोट,मंसिर २५ । नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका–६ करेजुङमा प्रसूति अस्पताल निर्माणका लागि जग्गा मिलाउने कार्य औपचारिक रूपमा सुरु भएको छ।

गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक र रुडेक नेपालकोप्राविधिक सहयोगमा निर्माण हुन लागेको यो अस्पताल आगामी छ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको रुडेक नेपालका हरि लामाले बताए ।

गाउँपालिकामा पाँच कोठे प्रसूति अस्पताल निर्माणको तयारी थालिँदा स्थानीयवासी उत्साहित बनेका छन्। करिब ५ सय घरधुरी रहेको उक्त क्षेत्रमा करिब ३ हजार नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

रुडेकको समन्वय तथा प्राविधिक सहयोगमा अघि बढाइने यो परियोजनाले दुप्चेस्वर क्षेत्रका महिला तथा  शिशु स्वास्थ्य सेवालाई सहज बनाउनेमा स्थानीयले ठूलो आशा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्