नुवाकोट क्षेत्र नं–१ : प्रतिनिधि सभामा डा. प्रकाशशरण महत एकल सिफारिस



नुवाकोट,मंसिर २५ । नुवाकोट क्षेत्र नं–१ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत एकल नाममा सिफारिस भएका छन्।

पार्टीभित्रका अन्य सम्भावित उम्मेदवारभन्दा महतको लोकप्रियता, लामो राजनीतिक अनुभव र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनीमाथि पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ।

समानुपातिकतर्फ पुरुष सूचीमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस भएका छन्। महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपाली सिफारिस सूचीमा छिन्।

यस्तै राष्ट्रिय सभातर्फ खुला समूहमा रामकृष्ण थापा र अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ ।त्यस्तै क्षेत्र नम्बर २ मा भने बहादुरसिंह लामाको नाम सिफारिस भएपनि बिधानत: जगदिध्वर नरसिंह केसीको चर्चा चुलिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्