नुवाकोटमा धरानका मेयर साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सक्रिय, बट्टारमा जिल्ला कार्यसमिति गठन हुँदै
नुवाको,मंसिर २५। धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले नुवाकोटमा आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ।
आगामी शनिबार बट्टारमा बृहत् भेलाको आयोजना गर्दै पार्टीले जिल्ला कार्यसमिति गठन गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ।
स्थानीयस्तरमा समर्थन बढ्दै गएसँगै नुवाकोटमा पार्टी संगठनलाई व्यवस्थित बनाउन बृहत् भेला महत्वपूर्ण हुने बताइएको छ।
पार्टीका नेतृत्व तथा स्थानीय समर्थकहरूको उपस्थितिमा नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।

