कुण्डला माध्यमिक विद्यालयमा योग कार्यशाला सम्पन्न, विद्यार्थी उत्साहित



नुवाकोट,मंसिर २६ । जिल्लाको पञ्चकन्या–५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालयमा योगाभ्यासलाई प्राथमिकता दिन थालिएको छ।

पाठ्यपुस्तकको योगाभ्यासलाई प्रमुख प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको विद्यालयले जनाएको छ।

विद्यार्थी तथा शिक्षकलाई शारीरिक, मानसिक र भावनात्मक सन्तुलनका लागि योग सीप प्रदान गर्ने उद्देश्यले थालिएको अभ्यासले सहभागी विद्यार्थीहरूमा उत्साह थपेको विद्यालयले बताएको छ।

यस कार्यक्रमका प्रशिक्षक शिक्षक रामहरि खतिवडाले सहजीकरण गरिरहेका छन् । विद्यालय प्रशासनले तालिमले विद्यार्थीको स्वास्थ्य तथा एकाग्रतामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्