नुवाकोट लिखुको उत्कृष्ट विद्यालय नवप्रकाश आधारभूत विद्यालय घोषित



नुवाकोट, मंसिर २६ । नुवाकोटको लिखु गाउँपालिकामा अवस्थित नवप्रकाश आधारभूत विद्यालय ‘उत्कृष्ट विद्यालय’ घोषित भएको छ । गाउँपालिकाद्वारा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा पालिकाभरिका विद्यालयमध्ये उत्कृष्ट विद्यालयका रूपमा नवप्रकाश चयन गरिएको हो ।

२०१७ सालमा स्थापना भएको विद्यालयले आधारभूत तहमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो । विद्यालयका शिक्षक शोभा ढकाल ‘उत्कृष्ट शिक्षक’ घोषित भएका छन् भने सोही विद्यालयका विद्यार्थीहरू पनि उत्कृष्ट घोषित भएका छन् ।

गत वर्षको कक्षा ८ को नतिजालाई उत्कृष्ट बनाउन योगदान पुर्‍याउने सबै शिक्षक, वडाका जनप्रतिनिधि तथा लिखु गाउँपालिकाको शिक्षा शाखाप्रति विद्यालयका प्रधानाध्यापक श्रीराम भारतीले धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्