१५ सदस्यीय पदधिकारी र २५१ सदस्य केन्द्रीय कमिटी छनोट गर्ने निर्णय



काठमाडौं,मंसिर २६ । नेकपा एमालेले गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको पार्टीको विधान बमोजिम नै पदाधिकारी र केन्द्रीय कमिटी छनौट गर्ने निर्णय गरेको छ ।

सचिवालयको भर्खरै सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई कायम राख्दै १५ सदस्यीय पदधिकारी र २५१ सदस्य केन्द्रीय कमिटी महाधिवेशनवाट चयन गर्ने निर्णय लिएको नेता प्रदिप ज्ञवालीले दिनु भएको छ ।

यसैगरी १०८ जना महाधिवेशन छान्ने विधानको प्रावधान बमोजिम चयन गर्न अध्यक्षलाई निर्णयको अधिकार दिएको पनि नेता ज्ञवालीले जानकारी दिनुभयो । भोलिदेखि शूरु हुने पार्टीको ११ औ महाधिवेशन अघि सचिवालय बैठक आज बसेको हो ।

प्रतिक्रिया दिनुहोस्