देशभर मौसम स्थिर, आंशिक बदलीको सम्भावना मात्र



काठमाडौँ,मंसिर २७ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने अनुमान छ। राति भने देशभर आंशिक बदलीको अवस्था देखिन सक्ने महाशाखाले जनाएको छ।

हालका लागि ठूलो वर्षा, हावाहुरी वा प्रतिकूल मौसमको सम्भावना नरहेकाले जनजीवन सामान्य रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्