थानापती महिला साना किसान सहकारीको ९औँ वार्षिक उत्सव सम्पन्न
नुवाकोट, मंसिर २७ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थापागाउँमा अवस्थित थानापती महिला साना किसान कृषि सहकारी संस्थाको ९औँ वार्षिक उत्सव तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष कमला थपलियाको अध्यक्षता रहेको थियो।
कार्यक्रममा जागरूक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद पुडासैनी, जनज्ञान निकेतन विद्यालयका प्रधानाध्यापक, सहकारीका सदस्यहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
साधारण सभामा सहकारीको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा लागू गरिने विभिन्न नवीन योजना तथा कार्यक्रमबारे छलफल गरिएको थियो। वक्ताहरूले महिला सशक्तीकरण, कृषि उत्पादन वृद्धि र सहकारीमार्फत आत्मनिर्भरता अभिवृद्धिमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहकारीलाई अझ प्रभावकारी, पारदर्शी र सदस्यमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।

