रास्वपा नुवाकोटको बिस्तारित बैठक सम्पन्न, संगठन सुदृढीकरण र निर्वाचन रणनीतिमा जोड



नुवाकोट,मंसिर २८ । नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला स्तरीय बिस्तारित बैठक शनिबार सम्पन्न भएको छ। बैठकमा पार्टीको वर्तमान संगठनात्मक अवस्था, आगामी कार्ययोजना र निर्वाचन केन्द्रित रणनीतिबारे व्यापक छलफल गरिएको छ।

बैठकमा नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलले जिल्लाको समग्र राजनीतिक अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो। बाग्मती प्रदेश सदस्य स्वस्तिका लामिछानेले युवाहरूलाई सक्रिय सहभागिताका लागि प्रेरित गर्दै उत्साहजनक मन्तव्य व्यक्त गर्नुभयो।

रास्वपा केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य डा. बिक्रम तिमल्सेनाले पार्टी विस्तार, क्षेत्रीय सहभागिता र वैचारिक स्पष्टताबारे आफ्ना धारणा राख्दै नुवाकोटका नेता–कार्यकर्तालाई सक्रिय भूमिकाका लागि आग्रह गर्नुभयो।

बैठकमा पूर्व मन्त्री तथा रास्वपा केन्द्रीय सदस्य शिशिर खनालले निर्वाचन लक्षित निर्देशनात्मक मन्तव्य दिँदै पार्टीको राजनीतिक धारणा प्रस्तुत गर्नुभयो। बाग्मती प्रदेश सभापति डा. अच्युतम लामिछानेले नजिकिँदै गरेको निर्वाचनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण, रणनीतिक तयारी र युवा सहभागिताको महत्व औंल्याउनुभयो।

यसैगरी, रास्वपा संस्थापक तथा केन्द्रीय सदस्य रामकृष्ण भट्टराईले पार्टीको राजनीतिक तथा वैचारिक दृष्टिकोण प्रस्तुत गर्दै आसन्न निर्वाचन केन्द्रित छलफल गर्नुभयो।

बैठकले संगठन मजबुत बनाउने, रणनीतिक तयारीलाई तीव्र बनाउने र युवालाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट दिशा तय गरेको निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया दिनुहोस्