पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना



काठमाडौँ,मंसिर २९ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने सम्भावना छ भने बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसममा ठूलो प्रणालीगत परिवर्तन नदेखिएकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा उल्लेख्य प्रभाव नपर्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्