शिवपुरीको जनसहयोग विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण
नुवाकोट,मंसिर २९ । जिल्लाको शिवपुरी गाउँपालिका–६ मा रहेको श्री जनसहयोग आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई जाडो मौसमलाई ध्यानमा राख्दै न्यानो कपडा वितरण गरिएको छ। रिवाज फाउन्डेसनको सहयोगमा विद्यालयका २३ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो।
कार्यक्रममार्फत चिसो मौसममा बालबालिकाले सहज रूपमा अध्ययन गर्न सकून् भन्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ। विद्यालयका सह–प्रधानाध्यापक बसन्त थापाका अनुसार यस्ता सहयोगले बालबालिकाको स्वास्थ्य तथा पढाइमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
स्थानीय तह र सामाजिक संघ–संस्थाको सहकार्यमा गरिएको यस सहयोगप्रति विद्यालय परिवारले रिवाज फाउन्डेसनप्रति आभार व्यक्त गरेको छ।

