नुवाकोट शिवपुरीमा एक व्यक्ति मृत फेला
नुवाकोट,मंसिर २९ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–१ ज्यामीरेमा झुन्डिएको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन्।
करिब ५५ वर्ष उमेरका ती व्यक्ति आइतबार बिहान करिब ९ बजेको समयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि पठाएको जनाएको छ।
मृतक स्थानीय दशरथ केसी रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

