घट्याे पेट्राेलकाे मूल्य, डिजेल बढ्याे



काठमाडाैँ,मंसिर २९ । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ ।

निगम संचालक समितिकाे बैठकले पेट्राेलकाे मूल्य प्रतिलिटर २ रूपैया घटाएकाे छ भने डिजेल तथा मट्टितेलकाे ४ रूपैयाले बढाएकाे छ ।

निगमकाे आज बसेकाे संचालक समिति बैठकले मूल्य समायाेजन गरेकाे मूल्य आज मंसिर २९ गते राती १२ बजेबाट लागू हुनेछ ।

पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल/मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्