एमालेमा नयाँ नेतृत्वका लागि प्यानल बनाएर उम्मेदवारी दर्ता, भोलि मतदान



काठमाडौं,मंसिर २९ । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरु प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका छन् पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता  भएको छ ।

पार्टी पदाधिकारीमा ओली र पोखरेलका अ आफ्नै उम्मेदवारहरु रहनु भएको छ । ओलीले महासचिवका लागि सुरेन्द्र पाण्डेलाई अघि सारिरहँदा इश्वर पोखरेललेले सुरेन्द्र पाण्डेलाई अघि सारिएको छ । यसै गरी अन्य पदाधिकारीमा पनि छुट्टा छुटै उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ ।

यसै बीच भोलि १२ बजेबाट मतदान सुरु गरिने छ ।  महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताउनुभयो ।

आज साँझ ८ः३० बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्