प्रतिताेला १७०० रूपैयाँ घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं, पुस १ । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ताेलामा १९०० रुपैयाँ बढेको सुनकाे भाउ आज ताेलामा १७०० रूपैयाँ बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५९ हजार रूपैयाँ निर्धारण भएकाे छ ।
साेमबार छापावाल सुन प्रतिताेला २ लाख ६० हजार ७०० रूपैयाँ निर्धारण भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य ताेलामा १५ रूपैयाँ बढेकाे छ । यसदिन चाँदीको मूल्य तोलाको ३ हजार ८ सय ८५ रूपैयाँ तोकिएको छ। हिजो चाँदी ३ हजार ८७० रूपैयाँमा कारोबार भएको थियो ।

