आजवाट मुलुकभरको बाघको गणना गरिदै



चितवन,पुस १ । आजवाट मुलुकभरको बाघको गणना गरिने भएको छ। बाघ गणनाको लागी एघार सय अत्याधुनिक क्यामेरा प्रयोग गरिने भएको छ। प्रत्येक चार वर्षमा गरिने गरिएको छ। चितवनको सौराहामा एक कार्यक्रमको आयोजना गरि बाघ गणना थालिएको हो ।

बाघ गणनामा दुई सय ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ । गणनामा अत्याधुनिक क्यामेरा मार्फत बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

गणनामा करिब रु तीन करोड खर्च लाग्ने बताइएको छ । गणनामा प्रयोग गरिने, प्रति क्यामेराको मूल्य करिब ३५ हजार रुपैया रहेको छ ।
नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए ।

गणनाको अन्तिम परिणाम आगामी जुलाई २९ अर्थात् अन्तरराष्ट्रिय बाघ दिवसका दिन सार्वजनिक गर्ने योजना रहेको छ। नेपालमा तीन सय ५५ बाघ रहेको पछिल्लो तथ्याङकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्