एमाले महाधिवेशन: मतदान सुरु हुन अझै केही सयम लाग्ने
काठमाडौं,पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन अझ केही समय लाग्ने देखिएको छ ।
हाल विद्युतीय मतदान उपकरणका उम्मेदवारहरुको नामावली अपलोड गर्ने काम भइरहेको र अझैपनि उम्मेदवारको नामावली अपलोड गर्ने काम नसकिएकाले मतदान प्रकिया सुरु हुन ढिलाई भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आज विहान १२ बजेबाट मतदान सुरु हुने भनिए पनि आज दिउँसो ३ बजेमात्र उम्मेदवारको संशोधित र अन्तिम नामावली प्रकाशन भएको थियो ।

