देशभर मौसम मुख्यतया सफा, काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री



काठमाडौँ,पुस २। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम सफा नै रहने अनुमान गरिएको छ।

यसैबीच, काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे मापन गरिएको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ। आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने महाशाखाले जनाएको छ।

मौसम सफा रहे पनि बिहान–बेलुका चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्