ऐतिहासिक बिन्दुमा चाँदीकाे मूल्य, सुन प्रतितोला ७०० रुपैयाँ बढ्यो



काठमाडाैं,पुस २ । बुधबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर उच्च बिन्दुमा पुगेकाे छ । हिजाे ताेलामा १७०० रूपैयाँ बढेकाे सुनकाे मूल्य आज पनि ७०० रूपैयाँ बढेकाे छ ।

नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५९ हजार ७०० रूपैयाँ ताेकिएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला २ लाख ५९००० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज पनि उच्च बिन्दुले बढेर ऐतिहासिक रेकर्ड कायम गरेकाे छ । चाँदीकाे मूल्य आज ७० रूपैयाँ बढेकाे हाे ।

हिजाे प्रतिताेला ३ हजार ८ सय ८५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज ताेलाकाे ४ हजार ५५ रूपैयाँ निर्धारण गरिएकाे महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्