पोर्चुगलमा नुवाकोटका युवकको आकस्मिक निधन
नुवाकोट,पुस २ । नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी स्थायी घर भई हाल विदुर नगरपालिका–४ मा बसोबास गर्दै आएका ३० वर्षीय सुपेन्द्र डंगोलको पोर्चुगलमा वैदेशिक रोजगारीका क्रममा आकस्मिक निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार डंगोलको मङ्सिर १६ गते मङ्गलबार पोर्चुगलमा निधन भएको हो। निधनको कारण भने हालसम्म खुल्न सकेको छैन।
उनको पार्थिव शरीर बुधबार बेलुकी नेपाल आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ।
सुपेन्द्र डंगोलको असामयिक निधनको खबरले परिवार, आफन्त तथा गाउँसमाज शोकमा डुबेको छ।

